सेतीमा गरिएको परीक्षणमा मंगलबार थप ४ जनामा संक्रमण पुष्टि
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४४ जनाको नमुना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
हाल अस्पतालमा सात जना संक्रमित विरामीको उपचाररत छन् । तीमध्ये ३ जनाको आइसियूमा उपचार भइरहेको छ । यस्तै २ जनाको भेन्टिलेटरमा उपचार भईरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।
१० फागुन २०७८, मंगलवार १६:३२ बजे प्रकाशित































