नेपाल टी–२० विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा प्रवेश

नेपाल ओमानमा जारी टी-२० विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपालको समूह चरणको अन्तिम खेल जारी रहँदै अर्को खेलमा ओमानले फिलिपिन्सलाई हराएपछि नेपालको सेमिफाइनल प्रवेश गरेको हो ।

ओमानले फिलिपिन्ससँगको खेल २ ओभर ५ बलमा जिते पनि रनरेट नेपालभन्दा राम्रो नभएपछि क्यानडासँगको जारी खेलमा नेपाल पराजित भए पनि सेमिफाइल पुग्ने पक्का भएको हो ।

४ अंक रहेको नेपालको अहिले नेट रनरेट ४.३७५ छ । ४ अंक नै रहेको ओमानको भने १.६५० छ । उता २ अ‌ंक रहेको क्यानडाको रनरेट २.५१२ छ ।

यद्यपि समूह विजेताको टुंगो भने नेपाल र क्यानडाबीचको खेलको नतिजापछि निश्चित हुनेछ । यदि यो खेलमा नेपालले जितेर क्यानडाको रनरेट खराब भए मात्र ओमान सेमिफाइल पुग्नेछ । अन्यथा नेपाल र क्यानडा सेमिफाइनल पुग्नेछन् ।


९ फागुन २०७८, सोमवार १९:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु