बैतडीमा बलात्कारपछि हत्याका दोषीलाई साढे १२ वर्ष कैद सजाय
बैतडीमा भागरथी भट्टको बलात्कारपछि हत्याका दोषीलाई साढे १२ वर्ष कैद कैद सजाए भएको छ । जिल्ला अदालत बैतडीले बलात्कारपछि हत्याको मुद्दामा डीएनए परीक्षणलाई समेत आधार मानेर आरोपितलाई दोषी ठहर गरेको छ।
जिल्लाको दोगडाकेदार गाउँपालिका–७ कतोलाकी १७ वर्षकी भट्टको बलात्कारपछि हत्या मुद्दामा जिल्ला अदालत बैतडीले डीएनए परीक्षणलाई आधार मानेर उनका सहपाठी दिनेश भट्टलाई दोषी ठहर गरेको हो।
जिल्ला न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले आरोपित भट्टले प्रहरी र अदालतमा गरेको साविती बयानका साथसाथै डीएनए परीक्षणलाई समेत आधार मानेर फैसला गरेका हुन्। जिल्ला अदालतले दिनेशलाई १२ वर्ष ६ महिना कैद सजाय तोकेको छ।
गत २१ माघ २०७७ मा भागरथी विद्यालय गएकी थिइन्। विद्यालयमा विदा भएपछि सम्पर्कविहीन भएकी उनको भोलिपल्ट नजिकैको जंगलमा सडकबाट करिव सय मिटर तल शव भेटिएको थियो।
९ फागुन २०७८, सोमवार २०:१३ बजे प्रकाशित































