बैतडीमा टिपर दुर्घटना, तीन जनाको मृत्यु

बैतडीमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् ।

सोमबार दिउँसो बा ३ ख ४८७९ नम्बरको टिपर पाटन नगरपालिका९३ मा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा टिपरका मालिक ४५ वर्षीय जनकराज पन्त, १७ वर्षीय ललित अवस्थी र १३ वर्षीय ज्ञानु विष्टको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

अवस्थी र विष्ट स्थानीय सिगास माध्यमिक विद्यालयबाट पढेर फर्किने क्रममा टिपरमा चढेका थिए । दुर्घटनामा घाइते भएका पाँचै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।


९ फागुन २०७८, सोमवार १९:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु