धनगढीको एक बारमा बन्धक बनाइएका तीन किशोरीको उद्धार

कैलालीको एक रेष्टुरेन्ट एण्ड बारबाट तीन किशोरीको उद्धार गरिएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका १ रातोपुलमा रहेको टिनटिन रेष्टुरेन्ट एण्ड बारबाट तीन किशोरीको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार केही महिनादेखि बन्धक बनाएको गुनासोपछि उनीहरुको उद्धार गरिएको हो । ‘अहिले अनुसन्धानमै छौ,’ एसपी अधिकारीले भने, बन्धक नै बनाएको हो या होइन भन्ने बारे बुझिरहेको छौ ।’ उनले अहिले होटलका सञ्चालकलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको बताए ।


९ फागुन २०७८, सोमवार १६:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु