धनगढीमा साढे १७ मिटर अग्लो टावर लाइट निर्माण
कैलालीको धनगढी उपमहानगरपालिका–८ क्याम्पस रोडको टावर बत्तीमा राखिएको झण्डा फहराइएको छ । प्रदेश प्रमुख देशवराज जोशीले सोमबार एक समारोहकाबीच झण्डा फहराएका हुन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर- ८ को वडा कार्यालयले पौने तीन लाख रुपैयाँ लगानीमा सो टावर बत्ती निर्माण गरेको हो । साढे १७ मिटर अग्लो टावर बत्तीले क्याम्पस रोड क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नमा मदत पुग्ने वडा नम्बर -८का वडा अध्यक्ष नारायण बरालले बताए । टावर लाइटमा नेपाली झण्डा राखिएको छ ।
९ फागुन २०७८, सोमवार १४:२४ बजे प्रकाशित












