कैलालीमा कुटपिटबाट एक युवकको मृत्यु, ५ जना पक्राउ
कैलालीमा विवाहमा भएको कुटपिटबाट एक युवकको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका ९ स्थित विवाहमा भएको झगडामा सोही ठाउँ बस्ने २५ वर्षीय बसन्त चौधरीको आइतबार राति मृत्यु भएको हो।
यहि फागुन ४ गते छिमेकीको बिवाहमा गएका चौधरीको र बिवाहमा आएका अन्य ५,६ युवाहरु बिच कुटपिट हुँदा चौधरी घाइते भएका थिए । उनको गएराती उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।
हत्यामा संलग्न रहेका एक जनालाई कुटपिट भएकै दिन पक्राउ गरिएको थियो भने अन्य ४ जनालाई आज नियन्त्रणमा लिएको एसपी अधिकारीले बताए । अहिले अनुसन्धान मै रहेकाले पक्राउ परेकाको नाम भने प्रहरीले सार्वजनीक गरेको छैन् । घट्ना बारे थप अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए ।
९ फागुन २०७८, सोमवार १६:१७ बजे प्रकाशित












