कैलालीमा एक महिलाको शव फेला
कैलालीको एक जंगलमा महिलाको शव फेला परेको छ। घोडाघोडी नगरपालिका–१ बेलार बस्ने ४० वर्षीया रबिना कठरियो शव आइतबार फेला परेको हो।
माइती घर बस्दै आइरहेकी उनको शव घर नजिकैको जंगलमा फेला परेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक लक्ष्मणबहादुर शाहीले बताए। घाँस काट्न गएकी उनी मृत अवस्थामा फेला परेकी थिइन्। घट्नाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
९ फागुन २०७८, सोमवार १३:०० बजे प्रकाशित












