लिटल फ्लावर प्रिमियर लिग : शारदा सरस्वती ३३ रनले विजयी

धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग अन्तरगत आज भएको पहिले खेलमा कञ्चनपुरको शारदा सरस्वती दोधारा विजयी भएको छ । एभरेस्ट एकेडेमी अत्तरियालाई ३३ रनले पराजित गर्दै शारदा सरस्वती दोधाराले आफ्नो तेस्रो खेलमा पहिलो जित निकालेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको शारदाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन बनायो । जवाफी ब्याटिङ थालेको एभरेस्ट एकेडेमीले १९.३ ओभरमा आफ्ना सबै विकेट गुमाएर १ सय रन मात्रै बनाउनु सक्यो । एभरेस्टका लागि योगेश भाटले २७ र सन्दीप विष्टले १९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान प्रदर्शन राम्रो हुन सकेन ।

बलिङ तर्फ शारदाका अर्जुन सिंह साउदले ४ ओभर बलिङ गर्दै १४ रन दिएर महत्त्वपूर्ण ४ विकेट लिए । उसका मिलन बोहराले २, विकास सुनार, हेमन्त धामी र राजेश साउदले समान १र१ विकेट लिए । यस अघि शारदाका लागि हेमन्त धामीले २५ बलमा २ छक्का र ३ चौकासहित अविजित ३८ रनको पारी खेल्दा अनुराग सिंह २२ बलमा २३ रन बनाएर आउट भए । गणेश बिटालु र मिलन बोहराले टिमका लागि समान १४ र सुनिल चन्दले १३ रन बनाए ।

बलिङ तर्फ एभरेस्टका कृश ऐरले ४ ओभरमा ३ महत्त्वपूर्ण विकेट लिँदै ११ रन दिए । आकाश चन्द र धर्म जोशीले समान २/२ विकेट लिँदा गोविन्द विष्ट र मुकेश ओझा १/१ विकेट लिन सफल भए ।
खेलको प्लेयर अफ दी म्याच हेमन्त धामी घोषित भए । सर्वाधिक छक्काको अवार्ड हेमन्तलेनै पाउँदा गेमचेन्जर अवार्ड अर्जुन सिंह साउदले पाए ।
आजै दोस्रो खेलमा सैनिक आवासीय महाविद्यालय तेघरी र हिमालयन ह्वाइट हाउस काठ्माण्डौँ प्रतिस्पर्धा गर्दै छन् ।


९ फागुन २०७८, सोमवार १४:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु