सेतीमा गरिएको परीक्षणमा सोमबार थप दुई जनामा कोरोना पुष्टि
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३५ जनाको नमुना परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
हाल अस्पतालमा सात जना संक्रमित विरामीको उपचाररत छन् । तीमध्ये ३ जनाको आइसियूमा उपचार भइरहेको छ । यस्तै जनाको भेन्टिलेटरमा उपचार भईरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।
९ फागुन २०७८, सोमवार १२:३२ बजे प्रकाशित












