उदयपुरबाट ४ सय किलो गाँजासहित ३ जना पक्राउ
उदयपुरमा ४ सय किलो गाँजासहित ३ जना पक्राउ परेका छन् । जिल्लाको बेलका नगरपालिका–८ स्थित सिरुवानीबाट प्रहरीले ४ सय किलो गाँजा बरामद गरेको हो । सो गाँजा ओसारपसार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बेलका नगरपालिका–८ बस्ने २७ वर्षीय गोकुल राई, बेलका–७ बस्ने २९ वर्षीय मनोज राई र सुनसरीको बराहक्षेत्र घर भएका २३ वर्षीय मनिष धामी छन् । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको टोलीले को १ ज २७६१ नम्बरको महेन्द्र पिकअपबाट सो गाँजा बरामद गरेको थियो ।
६ फागुन २०७८, शुक्रवार १९:२७ बजे प्रकाशित































