punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पर्सामा ट्याक्टरले ठक्कर दिँदा एकको मृत्यु, तीन जना घाइते

Chaupati
safha napa

पर्सामा रहेको हुलाकी सडकखण्डमा शुक्रबार दिउँसो ट्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । घुम्ती चिया पसलमा चिया खाँदै गरेको अवस्थामा ट्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

पर्साको सखुवाप्रसौनी गाउँपालिका-६ लखनपुरस्थित हुलाकी सडकखण्डमा ना ७ त ५३७८ नम्बरको ट्याक्टरले चिया पसलमा चिया खाइरहेका व्यक्तिहरूलाई ठक्कर दिएको थियो । मृत्यु हुनेमा सखुवा प्रसौनी गाउँपालिका–६ का ३५ वर्षीय राजेश राउत कम्कर रहेका छन् ।

पसलका साहु सोही स्थानका सकलदेव राउत कम्कर, रञ्जन साह तेली र मकवानपुर हेटौंडा बस्ने रामकुमार तामाङ घाइते भएका छन् । तीनै जनाको नारायणी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । ट्याक्टर चालक फरार रहेकोमा उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


६ फागुन २०७८, शुक्रवार २०:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु