कैलालीमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीद्धारा डिस्पोज
कैलालीमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नेपाली सेनाको टोलीले प्रेसर कुकर बम जस्तो देखिने उक्त शंकास्पद वस्तु डिस्पोज गरेको हो ।
फेला परे वस्तु बम नभएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता रवीन विष्टले बताए । बुधबार बिहान लम्कीचुहा नगरपालिका वडा नं ३ स्थित पूर्वपश्चिम राजमार्गको धोबिनी खोलाको पुलमा कालो टेपले तार बाँधिएको प्रेसर कुकर फेला परेको थियो ।
४ फागुन २०७८, बुधवार १०:५८ बजे प्रकाशित













