भारतीय गायक तथा संगीतकार बप्पी लहिरीको निधन

चर्चित भारतीय गायक तथा संगीतकार बप्पी लहिरीको आज ६९ वर्षको उमेरमा निधन भएको छ ।स्वास्थ्य समस्यासँग जुधिरहेका उनको मुम्बईस्थित क्रिटिकेयर अस्पतालमा निधन भएको बलिउड हंगामाले जनाएको छ । सन् ८० र ९० को दशकमा बलिउडमा डिस्को संगीत थालनी गर्ने श्रेय उनलाई जान्छ ।

अस्पतालका निर्देशक डा। दीपक नामजोशीले लहिरी एक महिनाअघिनै अस्पतालमा भर्ना भएको र सोमबार मात्र अस्पतालबाट डिस्चार्ज भएको जनाएका छन् । तर, मंगलबार पुनः स्वास्थ्यमा समस्या आएपछि परिवारले घरमै चिकित्सक बोलाएका थिए । त्यसपछि उनलाई पुनः अस्पताल ल्याइएको थियो । उनीसँग विविध खाले स्वास्थ्य समस्या रहेको जनाइएको छ ।

 


४ फागुन २०७८, बुधवार ११:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु