punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम प्रदेशको कृषि मन्त्रालयको गाडीमा बन्दकर्ताहरूले गरे तोडफोड

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गाडी तोडफोड भएको छ। नेपाल बन्द गराउँदै हिँडेका बन्दकर्ताहरूले गाडी तोडफोड गरेका हुन् ।

आज विहान बन्दकर्ताले ००१ झ ४०१ नम्बरको गाडीलाई बाँकेको कोहलपुरमा तोडफोड गरेको प्रहरीले जनाएको छ । बन्दकर्ताले ढुंगा प्रहार गर्दा गाडीको सिसा फुटेको छ ।

काठमाडौंबाट सुदूरपश्चिम प्रदेश आउँदै गरेको सो गाडीलाई कोहलपुरमा बिहान ५ बजेर २९ मिनेट जाँदा ढुंगा प्रहार गरिएको हो ।

एमसीसीको विरोधमा आज नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायत ६ कम्युनिस्ट पार्टी र मोर्चाले बन्द आह्वान गरेका छन् । देशभर बन्दको आंशिक प्रभाव परेको प्रहरीले जनाएको छ ।

 


४ फागुन २०७८, बुधवार ०९:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु