एमसीसी सम्झौता खारेजीको माग सहित भोलि नेपाल बन्दको आव्हान
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलीय गठबन्धनले बुधबार नेपाल बन्दको आव्हान गरेको छ । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता खारेजीको माग सहित गठबन्धनले नेपाल बन्दको आव्हान गरेको हो ।
सरकारले प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गराउने निर्णय भएको छ। सत्तारुढ दल नेपाली काँग्रेसको बुधबारको प्रतिनिधिसभा बैठकले एमसीसी टेबल गराउने निर्णय गरेसँगै एमसीसी टेबल हुने भएको छ ।

३ फागुन २०७८, मंगलवार २१:४७ बजे प्रकाशित













