विश्वकप क्रिकेट छनोट खेलका लागि १४ सदस्यीय क्रिकेट टिम घोषणा
यही फागुन ६ बाट ओमानमा सुरु हुने आईसीसी टी–२० विश्वकप विश्व छनोट खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ । ओमानमा रहेको १७ सदस्यी टिमबाट १४ सदस्यीय टिम घोषणा गरिएको हो । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार साँझ टिम घोषणा गरेको छ । ओमानमा रहे पनि घाइते भएका करण केसी भने बाहिरिएका छन् । उनको स्थानमा गुल्सन झा टिममा समावेश भएका छन् ।
यस्तै १७ सदस्यीय टिमबाट स्पीनर सादब आलम, प्रदीप ऐरी र सागर ढकाललाई रिजर्भमा राखिएको छ । १४ सदस्यीय टिममा विशेषज्ञ स्पिनर कप्तान सन्दीप लामिछाने र सागर ढकाल रहेका छन् । पार्ट टाइम स्पीनरमा सबैभन्दा भरपर्दा खेलाडी दिपेन्द्रसिंह ऐरीले भूमिका निर्वाह गर्नेछन् । उनले चार देशीय क्रिकेट श्रृंखलामा आयरल्याण्डविरुद्ध सनसनीपूर्ण ४ विकेट लिएका थिए । उनी प्रतियोगितामा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् ।
३ फागुन २०७८, मंगलवार २१:२९ बजे प्रकाशित













