कैलालीको लम्कीमा शंकास्पद वस्तु फेला

कैलालीको लक्कीमा शङ्कास्पद वस्तु फेला परेको छ । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं ३ स्थित पूर्वपश्चिम राजमार्गको धोबिनी खोलाको पुलमा कालो टेपले तार बाँधिएको प्रेसर कुकर फेला परेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा नेपाली सेनाको टोली पुगिसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता रविन विष्टले बताएका छन् । फेला परेको वस्तु बम हुनसक्ने शंका रहेको प्रवक्ता विष्टले बताए ।


४ फागुन २०७८, बुधवार ०८:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु