मन्त्री आलेले गरेको गालीसम्बन्धी एकीकृत समाजवादीले सत्यतथ्य जाँच गर्ने
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको गरेको गालीबारे नेकपा (एकीकृत समाजवादी) पार्टीले सत्यतथ्य जाँच गर्ने भएको छ। मंगलबार मन्त्री आलेले एक युवकलाई गरेको गालीको अडियो भिडीयो सार्वजनीक भएपछि उनी बिवादमा तानिएका छन् । यसै बिषयलाई लिएर नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले सार्वजनिक भएको भिडियोको सत्यता जाँच गर्ने कुरामा पार्टी लागेको बताए ।
मन्त्री आलेले भारतमा रहेका एक युवकलाई टेलिफोनमा अश्लिल गाली गरेको अडियो–भिडियो मंगलबार सार्वजनिक भएको हो । अडियो मन्त्री आलेले अछाम घर भइ भारतमा बस्ने जगत वलीलाई अश्लिल गालीसहित ज्यान लिने धम्की समेत दिएका थिए। नेकपा एमालेका कार्यकर्ता रहेका वलीले एमालेबाहेक अन्य दलका नेताहरूलाई तल्लोस्तरको शव्द प्रयोग गरेर सामाजिक सञ्जालमा गाली गर्ने गरेको पाइएको छ।
तर उनको सचिवालयले मन्त्री आलेले पछिल्लो समय जनमुखी कार्य गरेर लोकप्रिय हुन थालेपछि अत्तालिएका केही व्यक्तिले षडयन्त्रपूर्वक उत्तेजित पार्न खोजिएको भन्दै त्यस्तो भ्रममा नपर्न आम जनसमुदायलाई आग्रह समेत गरेको छ ।
३ फागुन २०७८, मंगलवार १६:०१ बजे प्रकाशित































