punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बुद्ध एयरले अब धनगढीबाट पनि पोखरा सिधा उडान भर्ने

Chaupati
safha napa

बुद्ध एयरले अब धनगढीबाट पनि पोखरा सिधा उडान भर्ने भएको छ । यसअघि अन्तरप्रदेश काठमाडौं, भरतपुर र भैरहवाबाट मात्रै पोखरा सिधा उडान भरिरहेको कम्पनीले अब जनकपुर र धनगढीबाट समेत उडान भर्न लागेको हो ।
मंगलबार एक सूचना जारी गर्दै कम्पनीले आगामी मार्च १ देखि थप दुई स्थानबाट पोखरा नियमित उडान भर्ने जनाएको छ । शुरुमा साताको ३ दिनमात्रै उडान तालिका बनाएको कम्पनीले यात्रुको माग अनुसार दैनिक बनाउने योजना समेत बनाएको जानकारी दिएको छ ।
कम्पनीका अनुसार जनकपुरबाट सोमबार, बिहिबार र शनिवार पोखरा उडान हुनेछ भने धनगढीबाट आईतबार, बुधबार र शुक्रबारको उडान हुनेछ ।


३ फागुन २०७८, मंगलवार १६:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु