विवाहमा नाच्दानाच्दै लडेर एक जनाको मृत्यु
पाल्पामा विवाहमा नाच्दानाच्दै लडेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको माथागढी गाउँपालिका–७, मौलाथर टोलका टलराज नेपालीको नाच्ने क्रममा लडेर मृत्यु भएको हो छिमेकीकै घरमा नाच्दै जाने क्रममा उनी अचानक ढलेर अन्दाजी ७ मिटर थल खोल्सामा खसेपछि घाइते भएका उनको मृत्यु हो ।
पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीका अनुसार ४० वर्षीय नेपालीको आज बिहान मृत्यु भएको हो ।
२९ माघ २०७८, शनिवार १७:३० बजे प्रकाशित































