punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशभर थप कोरोना संक्रमितको संख्या एक हजारभन्दा कम, ४ जनाको मृत्यु

Chaupati
safha napa

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमितको संख्या एक हजारभन्दा कम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार पीसीआर तथा एन्टिजेन परीक्षणबाट पछिल्लो २४ घण्टामा ८३६ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

४ हजार २६० जनाको पीसीआर परीक्षण गर्दा ४९१ जनामा र २ हजार ३९४ को एन्टिजेन परीक्षण गर्दा ३४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण ४ जनाको मृत्यु भएको छ ।

१ हजार ८२६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या २६ हजार १०२ रहेको छ ।


२९ माघ २०७८, शनिवार १७:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु