अपरगडी गाड हाइड्रोपावरको म्याद थप
डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ५ काडामाण्डौँमा निमार्णधिन अपरगडी गाड हाइड्रोपावरको म्याद थप भएको छ । उक्त हाइड्रोपावरको एक वर्ष म्याद थप भएको हो ।
२०७९ फागुन १ गतेसम्मका लागि म्याद थप भएको शैलेश्वरी पावर नेपाल प्रा.लि.कम्पनिले जनाएको छ । अपरगडी गाड हाइड्रोपावरको कुल लागत ३२ करोड रहेको छ ।
लकडाउनले गर्दा एक वर्ष काम गर्न नपाएको शैलेश्वरी पावर नेपाल प्रालि. का प्रतिनिधी बलबहादुर खड्काले बताए । ‘कोरोनाले गर्दा काम गर्न पाइएन,’ उनले भने ‘अब त थपेको म्याद भित्रै काम सम्पन हुन्छ होला ।’
हाइड्रोपावर ड्यामको हालसम्म ७० प्रतिशत काम सम्पन भइसकेको उनले बताए । १.५५ मेगावाटको हाइड्रोपावरको २०७७ फागुन १ गतेबाट निर्माण सुरु भएको हो ।
जसको एक वर्ष भित्र काम सम्पन गर्नुपर्ने समयसीमा थियो । जस अनुसार भोलि अर्थात आइतबार समयसीमा सकिँदै थियो ।
२९ माघ २०७८, शनिवार १८:०६ बजे प्रकाशित































