punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमसीसी संसदमा टेबुल गर्न प्रधान मन्त्री देउवाको प्रस्ताव

Chaupati
safha napa

सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताको बैठक विना निष्कर्ष सकिएको छ । बैठकमा प्रधान मन्त्री शेरबहादुर देउवाले एमसीसी परियोजना संसदमा पेस गर्न प्रस्ताव गरे पनि अहिलेकै अवस्थामा एमसीसी पारित गर्न नसकिने सत्तारुढ घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बताएपछि बैठक बिना निष्कर्ष सकिएको बालुवाटार स्रोतले जनाएको छ ।

बैठकमा प्रधान मन्त्री देउवाले अब एमसीसीलाई संसदमा पेस गरी आ(आफ्ना कुरा त्यहीँ राख्नु ठिक हुने बताएका थिए । प्रधान मन्त्री देउवाले प्रतिनिधिसभाको अबको बैठकमै एमसीसी टेबुल गर्नुपर्नेमा जोड दिएका थिए । तर अध्यक्ष प्रचण्ड र नेपालले त्यसअघि साझा धारणा बनाउनुपर्नेमा जोड दिएका छन् ।

सबै दलको साझा धारणा बनाएर मात्र संसदमा लैजानुपर्ने अध्यक्षद्वयको धारणा रहेको स्रोतले जनाएको छ । अमेरिकाले यही फेब्रुअरीको अन्तिमसम्म एमसीसीबारे निर्णय गरिसक्न नेपाललाई भनेको छ । सत्तारुढ मुख्य घटक नेपाली कांग्रेस एमसीसी पारित गर्नुपर्ने पक्षमा छ भने माओवादी केन्द्र नेकपा एस लगायत दलहरू यसको विपक्षमा छन् ।


२९ माघ २०७८, शनिवार १७:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु