punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका प्रमुख पर्यटकीय स्थलहरू हेलिकप्टरबाट घुम्न पाइने

Chaupati
safha napa

सुदूरपश्चिमका प्रमुख पर्यटकीय स्थलहरू हेलिकप्टरबाट घुम्न पाइने भएको छ। फागुन १ गतेदेखि सुदूरपश्चिमका खप्तड, बडिमालिकालगायत क्षेत्र हेलिकप्टरमा घुम्न पाइने भएको हो। नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा)सुदूरपश्चिम प्रदेश समितिले खप्तड, बडिमालिकालगायत क्षेत्र हेलिकप्टरमा घुम्नका लागि टुर प्याकेजु सार्वजनिक गरेको छ।

नाटा सुदूरपश्चिमका अध्यक्ष मायाप्रकाश भट्टले शुक्रबार भृकुटीमण्डपमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिए। भट्टका अनुसार सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य खप्तड बडिमालिकालगायतका स्थल हिउँले सेताम्मे रहेकाले भ्रमण गर्न चाहनेलाई लक्ष्ति गरी टुर प्याकेज ल्याएको बताए।

१० दिनसम्म चल्ने प्याके अन्तर्गत कम्तिमा साढे तीन सय आन्तरिक पर्यटकलाई खप्तड र बडिमालिका अवलोकन गराउने लक्ष्य राखेको भट्टले जानकारी दिए।


२९ माघ २०७८, शनिवार १७:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु