कञ्चनपुरमा बरामद गरिएको २२ किलोबढी चरेस नष्ट
कञ्चनपुरमा रामद गरिएको २२ किलोग्राम बढी चरेस नष्ट गरिएको छ । भारतीय नम्बर प्लेटको मोटरसाइकल सहित बेलौरीको बुटावारीबाट बेवारिसे अवस्थामा चरेस बरामद गरिएको थियो ।
बरामद गरिएको २२ किलो १५० ग्राम चरेस आवश्यक अनुसन्धान पछि शुक्रबार बेलौरी नगरपालिका, बेलौरी उद्योग वाणिज्य संघ, पत्रकार लगायतको उपस्थितिमा नष्ट गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काले बताए।
२८ माघ २०७८, शुक्रवार २०:३२ बजे प्रकाशित































