कैलालीमा लागु औषधसहित ३ जना पक्राउ
कैलालीमा लागु औषधसहित ३ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका ३ शहिद गेट स्थित शहिद गेटबाट बोराडाडी तर्फ जादै गरेको ध.उ.म.न.पा. ६८६ नम्बरको अटोमा लुकाइ छिपाइ राखेको लागु औषध फेला पारेको हो ।
धनगढी ३ का एकेन्द्र बिष्टले चलाई राखेको अटोलाई अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटीएको प्रहरी टोलीले शंका लागी चेकजाच गर्दा अटोको सिट मुनि लुकाई छिपाई राखेको अवस्थामा ८८ ट्याब्लेट नाईट्रोभेट र २८ ट्याब्लेट स्पास फेला परेको हो । अटो चालक एकेन्द्र बिष्टसहित अटोमा सवार धनगढी ३ बस्ने बर्ष २० को सुरेन्द्र कोली र सोही ठाउँका प्रकाश बिकलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । तिनै जनालाई नियन्त्रणमा लिई लागुऔषध मुद्दामा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ । ।
२८ माघ २०७८, शुक्रवार २१:१२ बजे प्रकाशित































