punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

युवा संघद्वारा एमसीसी खारेजको माग गर्दै बिरोध प्रर्दशन

Chaupati
safha napa

कैलालीको धनगढीमा एमसीसी सम्झौता खारेजीको माग गर्दै युवा संघ नेपालले धनगढीमा प्रर्दशन गरेका छन् । अमेरिकन सहयोग मेलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) राष्ट्रघाती सम्झौता भएको भन्दै खारेजीको माग अघि सारेर धनगढीमा प्रर्दशन गरेका हुन् ।

नेकपा (एकीकृत समाजवादी)निकट युवा संघ नेपालले पेट्रोलियम पदार्थमा गरिएको मुल्य बृद्धी खारेजको माग गरेको हो । चटकपुर स्थित प्रदेश पार्टी कार्यालयबाट पार्कमोडसम्म ¥याली निकाल्दै युवा संघले मुल्य वृद्धि फिता गरिनुपर्ने, एमसीसी सम्झौता खारेज गरिनुपर्ने भन्दै नारा लगाएका थिए ।

¥याली पछि आयोजित कोणसभामा बोल्दै युवा संघ नेपालका केन्द्रीय सचिव तथा सुदूरपश्चीम इन्चार्ज दीपक बहादुर सिंहले एमसीसी सम्झौता फिर्ता नगरे आन्दोलन चर्काउने चेतावनी दिए ।उनले राम्रो हो भन्दै जनताका आँखामा छारो हालेर महाकाली सन्धी गर्दा अहिले नेपाललाई ठुलो नोक्सानी भएको बताउँदै एमसीसी सम्झौताबाट पनि नेपाललाई भविश्यमा ठुलो क्षेति हुन सक्ने बताए ।

सिंहले महाँकाली सम्झौता गर्ने नेतानै अहिले एमसीसी सम्झौता कार्यान्वयन गराउन लागिपरेको आरोप लगाए । ¥यालीमा युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य तथा नेकपा एकीकृत समाजवादी पार्टी कैलाली जिल्ला कमिटी सदस्य ओम बिक्रम चन्द लगायतको सहभागिता रहेको थियो ।


२४ माघ २०७८, सोमवार १७:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु