punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मतदाता नामावली संकलन भोलिदेखि बन्द हुने

Chaupati
safha napa

सरकारले स्थानीय तहको चुनाव आगामी वैशाख ३० गते गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै निर्वाचन आयोगले भोलिदेखि मतदाता नामावली संकलन गर्न बन्द गर्ने भएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगले अब युद्धस्तरमा काम गर्ने बताए।

‘आजै आयोगले निर्वाचनको मिति सरकारलाई सिफारिस गरेको थियो। सोहीअनुसार मिति तोकिएको छ। भोलिबाट हामीले युद्धस्तरमा चुनावको तयारी गर्छौं,’ प्रमुख आयुक्त थपलियाले भने,‘९४ दिनजति बाँकी छ। हामीले समयमै चुनाव गर्न सक्छौं।’

चुनाव भएपछि अन्तिम परिणाम आउन र सपथ लिन समय लाग्ने भएकाले अलि अघि नै आयोगले मिति सिफारिस गरेको हो। सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै भोलिबाट नयाँ मतदाता नामावली संकलन गर्न बन्द गर्ने थपलियाले बताए।

‘भोलिबाट हामी अन्तिम मतदाता नामावली प्रकाशनको तयारी गर्छौं,’ थपलियाले भने,‘कार्यविधि बनाउने, सामान खरिद गर्नेलगायत कामहरू सुरू गर्छौं।’

देशभरि एकै चरणमा चुनाव गर्न आयोग सक्षम रहेको थपलियाले बताए। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३० गते शुक्रबार स्थानीय चुनाव गर्ने निर्णय गरेको थियो।


२४ माघ २०७८, सोमवार १७:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु