प्रधान मन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, स्थानीय तह निर्वाचनको मिति तोक्ने तयारी

प्रधान मन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधान मन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजेपछि बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।

बैठकले स्थानीय तहको निर्वाचनको मिति तोक्ने बालुवाटार स्रोतले जनाएको छ । आइतबार बसेको तीन दलको बैठकमा एमालेले स्थानीय निर्वाचन समयमै गर्न आग्रह गरेपछि सरकारले मिति तोक्ने तयारी गरेको हो ।

निर्वाचन आयोगले जेठ ४ गतेका लागि चुनावको मिति प्रस्ताव गरेको थियो । आयोगले प्रस्ताव गरेको जेठ ४ मै निर्वाचन गर्ने गरी मिति घोषणा गर्न लागिएको स्रोतले बताएको छ ।

स्रोतका अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको विरोधका बाबजुद प्रधान मन्त्री देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । बैठकमा स्थानीय तह निर्वाचनको मितिसँगै एमसीसीका विषयमा पनि छलफल हुने बुझिएको छ ।


२४ माघ २०७८, सोमवार १०:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु