सुनको मूल्यमा स्थिरता
साताको पहिलो दिन नेपाली बजारमा सुनको भाउ स्थिर छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको ९२ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।
शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो । तेजाबी सुनको भाउ तोलाको ९२ हजार निर्धारण भएको छ ।
आइतबार चाँदीको मूल्य पनि स्थिर छ । शुक्रबार एक हजार २५० रूपैँयामा कारोबार भएको चाँदी आइतबार पनि त्यही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
२३ माघ २०७८, आइतवार १५:११ बजे प्रकाशित






























