punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गुलरिया–धनगढी सडक निर्माणमा ठेकेदार कम्पनीकाे लापरबाही,पाँच वर्षसम्म पनि बनेन सडक

Chaupati
safha napa

कञ्चनपुरको कृष्णपुर नगरपालिकादेखि दक्षिणी गाउँ भएर सीधै कैलालीको धनगढी जोड्ने कृषि सडक निर्माणमा ठेकेदार कम्पनीले चरम लापरबाही गरेका पाइएको छ । पाँच वर्षसम्म पनि निर्माण कम्पनीले उक्त सडक कालोपत्रे गर्न सकेको छैन ।

सडक निर्माण नहुँदा स्थानीय किसानसहित नागरिक मारमा परेका छन् । कृषि उपजका वस्तु धनगढी बजार लैजान अन्य कामकाजका लागि नागरिकले सास्ती खेप्नुपरेको छ ।०७३ सालमा तत्काकालीन सडक डिभिजन कार्यालयसँग स्वच्छन्द निर्माण सेवा कम्पनीले तीन वर्षभित्रै सडक निर्माण सम्पन्न गर्ने गरी १६ करोड ३३ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

तीनपटकसम्म म्याद थप गर्दासमेत निर्माण कम्पनीले सडक बनाउन सकेको छैन । अहिले थपिएको म्यादअनुसार ०७८ चैत मसान्तसम्म निर्माणकार्य सबै सक्नुपर्नेछ । तर, २३ किलोमिटर सडक निर्माणको जिम्मा पाएको कम्पनीले हाल बेस मात्रै निर्माण गरेको छ । पाँच किलोमिटर कालोपत्रे गरे पनि गुणस्तरहीन भएको भन्दै त्यसलाई पूर्वाधार विकास कार्यालयले स्वीकार गरेको छैन ।

उक्त सडक निर्माणको मुख्य जिम्मा पाएको स्वच्छन्दता निर्माण कम्पनीले महाकाली गौरव बिल्डर्सलाई जिम्मा दिएको छ । सबनिर्माण व्यवसायी (पेटी ठेकेदार)ले उक्त सडक निर्माणका लागि भन्दै क्रसर उद्योग खोेले पनि तोकिएको समयमा सडक निर्माण हुन सकेको छैन ।

स्थानीय दिलबहादुर देउवाले निर्माण कम्पनीलाई सरकारले कारबाही गर्न नसकेपछि ठकेदारको लापरबाही बढेर गएको बताए । ‘ठेकेदारले सरकारसँग गरेको सम्झौताअनुरूप काम गरेन,’ उनले भने, ‘ठेकेदार सडक बनाउनुभन्दा पनि क्रसर उद्योग खोलेर ढुंगा बेच्न व्यस्त रह्यो ।’

काम नगर्ने ठकेदारमाथि सरकारले कारबाही गर्नुपर्ने उनको भनाइ छ । सबनिर्माण कम्पनी महाकाली गौरव विल्डर्सका सञ्चालक प्रमानन्द कपाडीले मौसम, कोभिडलगायतका विविध कारणबाट ढिलासुस्ती भएको बताउँदै आएका छन् ।

पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी हेमराज भट्टले संघीय कार्यालयबाट प्रदेश कार्यालयमा स्वामित्व आएको उक्त सडक निर्माणको ठेक्का सबनिर्माण कम्पनीबाट खोसेर मुख्य निर्माण कम्पनीलाई जिम्मा दिइएको बताए ।

पूर्वाधार विकास कार्यालयका इन्जिनियरसमेत रहेका सूचना अधिकारी भट्टले सबनिर्माण व्यवसायी महाकाली गौरव विल्डर्सको बैंक ग्यारेन्टीबापतको २६ लाख रुपैयाँ जफत गरेको बताए । ‘काममा ढिलासुस्ती गरेको सबकन्ट्याक्टरको बैंक ग्यारेन्टीको रकम जफत गरेका छौँ,’ उनले भने, ‘कार्यालयले काम नगर्ने ठेकेदारविरुद्ध एक्सनमा गएको छ ।’

सूचना अधिकारी भट्टले अब मूल निर्माण कम्पनी स्वच्छन्दता निर्माण सेवाले काम सुरु गरेको बताए । बिग्रिएको सडकसमेत पुनर्निर्माणसहित आगामी चैतभित्रै सडक निर्माणका लागि तोकेता गरिएको बताए । ‘अहिले मूल निर्माण व्यवसायीले नै काम गर्छु,’ उनले भने, ‘अस्तिदेखि काम पनि सुरु गरेको छ, अब पनि ढिलासुस्ती गरेमा कालोसूचीमा राख्नेदेखि ठेक्का रद्दसम्म गरिनेछ ।’


१९ माघ २०७८, बुधवार १३:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु