असहाय र अपाङ्ता भएका व्यक्तिलाई कम्बल वितरण
जिल्ला प्रशासन कार्यालयले कैलालीका विपन्न, असहायलाई कम्बल वितरण गरेको छ । शीतलहरबाट जोगाउनका लागि त्यस्ता व्यक्तिलाई कम्बल वितरण गरिएको हो ।
बुधबार आमाको माया छात्रबासमा रहेका असहाय ६० जना, सुदूरपश्चिम समावेशी विद्यालयका फरक क्षमता भएका व्यक्तिलाई १०० वटा र गोदावरी आश्रमका ४८ जना बटुकलाई कम्बल वितरण गरिएको छ ।
विपद् व्यवस्थापन समितिमार्फत आएको पैसाबाट कम्बल खरिद गरेर आवश्यकता भएका व्यक्ति, समुदायलाई कम्बल वितरण गरिरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको हो ।
१९ माघ २०७८, बुधवार १३:१४ बजे प्रकाशित































