punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पुल निर्माण गर्न राखेका सामग्री चोर्दाचोर्दै पक्राउ

Chaupati
safha napa

पुल निर्माण गर्न राखिएका सामग्री चोर्दाचोर्दै प्रहरीले झापाको गौरादहबाट एक जनालाई पक्राउ गरेको छ। ट्याक्टर लिएर पुगेका ४० वर्षका रतन साहलाई छडलगायत सामग्री चोर्दाचोर्दै प्रहरीले पक्राउ गरेको हो।

गए राति साहलाई ट्याक्टरसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। गौरादह ९ को दुधे बैगुन्धुरा भित्री सडकखण्डअन्तर्गत कमल खोलामा पुल निर्माणका लागि राखिएको छड चोरी गर्दैगर्दा मे १ त ४७२८ नम्बरको ट्याक्टरसहित साह पक्राउ परेका हुन्।

उनलाई छड ट्याक्टरमा लोड गर्दैगर्दा प्रहरीले पक्राउ गरेको हो। अन्य तीन जना भने फरार रहेको प्रहरीको भनाइ छ। यो समूहले दुई दिनअगाडि पनि ४० थान छड लगेको प्रहरीसमक्ष स्वीकार गरेका छन्। फरार रहेकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।


१९ माघ २०७८, बुधवार ०९:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु