punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पुनर्वास हाटबजारको जग्गा व्यक्तिको नाममा

Chaupati
safha napa

सम्पत्तिको संरक्षण गर्नुपर्ने समितिलेनै आर्थिक लाभ लिन सार्वजनिक जग्गा धमाधम बेच्न सुरु गरेपछि सरकारी जग्गा व्यक्तिका नाममा पुगेको छ । तत्कालिन अवस्थामा जग्गामा निर्मित हाटबजारका करोडौ लगानीमा भवन पनि यतिबेला ब्यक्तिका नाममा कायम हुन पुगेका छन् ।

कञ्चनपुरको पुनर्वास नगरपालिका ६ स्थित कृषि हाटबजारको नाममा रहेको जग्गा तत्कालीन व्यवस्थापन समितिले धमाधम बेच्न सुरु गरेपछि करोडौं लगानीमा निर्मित भवनहरु निजी स्वामित्वमा पुगेका हुन् ।

तत्कालिन ग्रामीण आवास कम्पनी लिमिटेडले २०५८ चैत १२ गते कम्पनीसंग १ लाख ७५ हजार ४ सय तिर्ने गरी पुनर्वास हाटबजार समितिको नाममा १७ कठ्ठा १० धुर जग्गा राजीनामा गरिदिएको थियो । जग्गाको एकल स्वामित्व पाएको हर्कबहादुर थापाको अध्यक्षतामा रहेको हाटबजार सञ्चालन समितिले निर्णय गरि जग्गा बेच्न सुरु गरेको पाइएको छ ।

हाट बजार समितिको ऋण तिर्ने नाममा २०५९ देखि हाटबजारको जग्गा बेच्न सुरु गरिएको पाइएको हो । तर अहिले ८ कट्टा जमिन हाटबजार समितिका अध्यक्ष हर्कबहादुर थापालगायतका अन्य व्यक्तिहरुको नाममा पुगेको छ । सो जमिनको १४ कित्ता बिक्री भइसकेको छ । अहिले उक्त जमिनको ८ जनाको लालपूर्जा समेत बनेको पाइएको छ ।

अध्यक्ष थापाले समितिको बहुमत निर्णयबाट हाटबजारको जग्गा बेच्न कानुनी अडचन नआएपनि सार्वजनिक सम्पत्तिको दोहन गलत मनसायबाट गरिएको स्थानीयहरुले बताउँदै आएका छन् ।
सरकारी सम्पति व्यक्तिको नाममा पुगेपछि त्यहाँका स्थानीय आन्दोलित भएका छन् ।

‘बदनीयत रुपले सरकारी जमिन हडप्ने काम गरिएको भन्दै स्थानीय राजकुमार श्रेष्ठले भने, ‘यसलाई पुनः हाटबजारकै स्वामित्वमा ल्याउनुपर्छ ।’ करिब तीन सय भन्दा बढी रुखहरु पनि अध्यक्षले बचेको उनको आरोप छ । उनले रुख विक्री गर्दा कुनै व्यक्तिलाई १० हजारमा र कुनैलाई १६ हजारका दरले विक्री गरिएको उनले बताए ।

हाटबजार सञ्चालन समितिको बहुमत निर्णयबाट सार्वजनिक जग्गा बेच्ने कार्य गलत नियत र बेइमानी भएको पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णबहादुर तामाङले बताए । ऋण छ भन्दैमा हाटबजारको जग्गा बेच्नु नै समितिको बेइमानी भएको उनको भनाई छ ।

बेचिएको जग्गालाई पुनः हाटबजारको स्वामित्वमा ल्याउने गरि समिति समेत गठन गरिएको छ । उक्त समितिकी अध्यक्ष मेनुका उप्रेतीले हाटबजारको नामको जमिन समितिका ब्यक्तिहरुले गलत नियतले कानुन र प्रक्रियामै जालसाजी गरि आफ्नो नाममा बनाएको आरोप लगाइन् । उक्त कार्यलाई बदर गराई हाटबजारकै स्वामित्वमा ल्याउन आफूहरु लागिरहेको उनले बताइन् ।

तत्कालिन त्रिभुवन गाविसको अध्यक्ष रहेका पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले हाटबजारको जमिन जुन प्रयोजनका लागि लिइएको हो त्यहि हुनुपर्ने बताए । त्यसबेला आफैले हाट बजारको लागि सो जग्गा सिफरिस गर्न दिएको भएपनि तत्कालिन समितिले कुनै जानकारी नै नदिएर व्यक्तिको नाममा गरेको उनले बताए ।

‘पहिलो बिधानमा हाट बजारको लागि भनिएको छ,’ उनले भने, ‘समितिले पनि बिधान संशोधन गरेर त्यो कार्य गरेको रहेछ । त्यसबारे आफूलाई जानकारीसमेत थिएन ।’


१८ माघ २०७८, मंगलवार १९:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु