punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम

Chaupati
safha napa

कैलाली उद्योग बाणिज्य संघले आफ्नो ५१ औं स्थापना दिवस रक्तदान कार्यक्रमको आयोजना गरि मनाएको छ ।बिगत केही दिनयता धनगढीमा रगतको अभाव भएको सुनेपछि रक्तदान कार्यक्रम आयोजना गरि स्थापना दिवस मनाइएको संघका अध्यक्ष पुष्पराज कुँवरले बताए ।

दिनहुँजसो सामाजिक संजाल र कयौ फोनकलहरु रगत ब्यबस्थापनका लागि आउने गरेको बताउदै अध्यक्ष कुवरले आज संकलन भएको रगतले केहीहदसम्म उपचारमा सहयोग पु¥याउने बताए । उनले आज रक्तदान गर्ने ५१ जनालाई धन्यवाद समेत व्यक्त गर्दै आगामी दिनमा समेत यसरी नै सहयोग गरिरहन आग्रह समेत गरे ।

नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र धनगढीका प्रमुख धरणीधर पन्तले कोभिड–१९ र मौसमी बिरामीका कारण रगत आपूर्तिमा निकै समस्या हुने गरेको बताए । उनले रक्तदाताहरुबाट उपलब्ध रगतले आवश्यकता पूरा गर्न हम्मेहम्मे परेको बताउदै यसरी गरिने रक्तदानबाट रगतको केही समस्या हल हुने बताए ।

९६ औं पटक रक्तदान गरिसकेका स्वयंसेवी रक्तदाता एबम संचारकर्मी दीपक उपाध्यायले स्वयंसेवी रक्तदाता तथा सबै संघसंस्थाहरुलाई अहिलेको विषम परिस्थितिमा रगतको अभावमा कुनैपनी बिरामीको उपचारमा समस्या आउन नदिन सबैले सहयोग गर्नुपर्ने बताए । उनले बेलाबेला रक्तदानका कार्यक्रमहरु गर्न सबैलाई आग्रह समेत गरे ।


१८ माघ २०७८, मंगलवार १८:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु