punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा प्रशासनकाे आदेश उल्घंन गर्दै एमाले

Chaupati
safha napa

कोरोना भाइरसको जोखिम बढेको भन्दै गत पुस २५ गते जिल्ला प्रशासन कैलालीले जारी गरेको आदेशको धज्जी उडाउदै राजनीति दलले कार्यक्रम गरेको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले केही दिनअघि आदेश जारी गर्दै २५ जनाभन्दा बढी जमघट हुने कार्यक्रम तथा कुनैपनि राजनीतिक दलले कार्यक्रम गर्न नपाउने बताएका थिए । तर मंगलबार कैलालीमा नेकपा एमाले गोदावरी नगर कमिटीले अधिवेशन गरेको छ ।

अत्तरियाको नमस्ते होटलको पार्टी प्यालेसमा आजबाट अधिवेशन सुरु भएको बताउँदै नगर अध्यक्ष गोकर्ण भट्टले आफूहरुले स्वास्थ्यका सम्पूर्ण मापदण्ड अपनाएर नगरअधिवेशन गरिरहेको बताए। बन्दसत्रका प्रमुख अतिथि एमाले जिल्ला अध्यक्ष रतन थापा रहेका छन्।

अधिवेशनबारे आफूलाई कुनै जानकारी नभएको जिल्ला प्रशासन कैलालीका प्रमुख जिल्ला अधिकारी थापाले बताए । उनले प्रशासनले जारी गरेको आदेश कायमै रहेको बताउँदै त्यसबारे बुझ्ने बताए ।

 


१८ माघ २०७८, मंगलवार १८:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु