punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मोसो दल्नेलाई सहायक वन अधिकृतको चुनौती- समाज रुपान्तरणको औकात भए खुला बहस गर

Chaupati
safha napa

आफूलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता बताउने व्यक्तिहरुले कैलालीको पचमुडिया सवडिभिजन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितलाई मोसो दलेका छन् ।

पण्डित आफैंले उक्त तस्वीर सार्वजनिक सामाजिक सञ्जालमा पोष्ट गर्दै चरित्रमा दाग नलागुन्जेलसम्म अनेक रंग पोतेर केही फरक नपर्ने उल्लेख गरेका छन् । साथै उनले मोसो दल्नेहरुलाई समाज रुपान्तरणको औकात छ भने खुल्ला बहस गर्न चुनौती पनि दिएका छन् ।

चन्दा आतंकको विरोध गरेकाले विप्लवका कार्यकर्ताहरुले आफूमाथि दुर्व्यवहार गरेको पण्डितको भनाइ छ । समयले सबैको हिसाबकिताब गर्ने उल्लेख गर्दै उनले फेसबुकमा लेखेका छन्, ‘नेकपा (विप्लव) समूहका कथित केही थान व्यक्तिहरुले दिएको यो उपहार जिल्ला कैलाली डिभिजन वन कार्यालय पहलमानपुर अन्तर्गत पचमुडिया सवडिभिजन वन कार्यालयमा कार्यरत रहदाको अविस्मरणीय रहने छ ।’

उनी थप लेख्छन्, ‘देश र जनताका विरुद्ध गरेका मेरा कुनै पनि कार्यहरु छन् भने राज्यका ३ तहका अदालत, संवैधानिक निकायहरु र जनअदालतको कठघरामा उभिन तयार छु । अन्यथा एउटा सचेत प्राकृतिक व्यक्तिका हैसियतले समयले सबैको हिसाब किताब गर्ने नै छ ।’

आफ्नो चरित्रमा दाग नलागुन्जेलसम्म अनेकौं रंगहरु पोतेर खासै फरक नपर्ने भन्दै पण्डितले समाज रुपान्तरणको खुल्ला बहसमा आउन चुनौती पनि दिएका छन् । उनले लेखेका छन्, ‘समाज रुपान्तरणको लागि औकात छ भने खुल्ला बहस गर्न चुनौती दिन्छु ।’

 


१८ माघ २०७८, मंगलवार ०९:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु