punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रेस सेन्टरको भूमिका महत्वपूर्ण छ : प्रचण्ड

Chaupati
safha napa

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सही सूचना प्रवाह गर्नका लागि प्रेस सेन्टरको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

प्रेस सेन्टर नेपालको १८औँ स्थापना दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै अध्यक्ष दाहालले समाजको अग्रगामी धाराको प्रतिनिधित्व गर्दै प्रेस सेन्टरले देश, जनता र श्रमजीवी वर्गको हितमा आफूलाई उभ्याउनेछ भन्ने विश्वास व्यक्त गरे ।

उनले प्रेस सेन्टर नेपालका संस्थापकहरू, केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी तथा सदस्यहरू, जिल्ला समन्वय समिति, प्रतिष्ठान, एसोसिएट, विदेश शाखाका पदाधिकारी तथा सदस्यहरु, स्थानीय तहका पदाधिकारी तथा सदस्यहरू, प्रेस सेन्टरका सम्पूर्ण सदस्य र सम्पूर्ण नेपाली श्रमजीवी पत्रकारमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्’ ।


१५ माघ २०७८, शनिवार १५:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु