बाबुको हत्या अभियोगमा छोरा पक्राउ

मोरङमा आफ्नै बाबुको हत्या अभियोगमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।जिल्लाको बेलबारी नगरपालिका ९ डाँगाबजारका ८० वर्षीय दलबहादुर खत्रीको हत्या अभियोगमा ३५ वर्षीय जयबहादुर खत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।

रक्सीले मातेका जय बहादुरले घरायसी विवादका क्रममा बाबुको हत्या गरेको प्रहरीले जनाएको छ।अस्थायी प्रहरी चौकी डाँगाबजार र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएका प्रहरी टोलीले उनलाई राति नै पक्राउ गरेको हो।


१३ माघ २०७८, बिहीवार १२:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु