सुनको भाउमा गिरावट

बिहीबार नेपाली बजारमा सुनको भाउमा गिरावट आएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले घटेको छ।

यससँगै छापावाल सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला ९३ हजार रुपैयाँ पुगेको छ।

चाँदीको भाउ पनि बुधबारको तुलनामा तोलाको १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२९० रुपैयाँमा कारोबार भइरहेको छ।


१३ माघ २०७८, बिहीवार १२:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु