सुदूरपश्चिममा थप ३ सय ८८ जनामा कोरोना संक्रमण
सुदूरपश्चिम प्रदेशमा ३ सय ८८जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार १ हजार ३४४ जनाको कोरोना परीक्षण गर्दा ३ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो।
१ सय ११ जनाको पीसीआरमार्फत र २ सय जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।शनिबार संक्रमण पुष्टि भएकामध्ये १ सय १३ जना आजै भारतबाट आएका नागरिक हुन्।
त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ५२, गड्डाचौकी नाका भएर स्वदेश फर्केका ४७ ,जुलाघाटबाट फर्केका ४,जोलाजिमी नाका दार्चुला १ र पुलघाट नाका दार्चुलाबाट फर्केका ८जनामा संक्रमण पुष्टि भएको हो।

८ माघ २०७८, शनिवार १७:५४ बजे प्रकाशित












