punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रिन्सिपल भुसालको अप्रत्याशित हत्या भएको विप्लव समुहको दावी

Chaupati
safha napa

धनगढी,बैशाख १९ । नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (विप्लव)ले कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ९ बिहानी क्षितिज बोडिङ्ग स्कुलका प्रिन्सिपल कृष्णप्रसाद भुषालको अप्रत्याशित मृत्यु भएको आरोप लगाएको छ ।

पार्टीका नगर सचिव साजनले आज एक प्रेस विज्ञप्ति तथा शोक वक्तव्य जारी गर्दै भुषालको कालगतिको हिसाबले स्वभाविक मृत्यु हुनै नसक्ने र योजना बद्व षड्यन्त्र पुर्वक हुनसक्ने पार्टीको बुझाई रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

आफ्नो पार्टीले समाजमा हुने हरेक घटनाको उत्सुकता राख्दै आएको भन्दै यस घटनामा आजफ्नो आन्तरीक संयन्त्रको प्रयोग गरि सुश्म अध्ययन गरिएको उल्लेख गरेका छन् ।

उक्त घटनामा संलग्न व्यक्तिहरुलाई गम्भीर प्रकारले छानबिन गरि दोषी उपर शक्त कारबाही गर्न कैलाली जिल्ला प्रशासनको ध्यानाकर्षण गर्न चाहान्छौ विज्ञप्तिमा भनिएको छ ।


१९ वैशाख २०७७, शुक्रवार १५:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु