punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती प्रयोगशालामा थप १६६ कोरोना संक्रमित

Chaupati
safha napa

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा एकैदिन १६६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २६३ नमूनाको कोरोना परिक्षण गर्दा १६६ संक्रमित थपिएका हुन् ।

पछिल्लो केही दिन यता सेतीमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ भने संक्रमण दर पनि उकालो लागेको छ ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन भने ४जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

हाल सेतीमा १८ कोरोना संक्रमित उपचाररत रहेका छन् । जसमध्ये २ जनाको आइसियुमा उपचार भइरहेको छ ।


५ माघ २०७८, बुधवार १३:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु