punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माघ ७ देखि सार्वजनिक स्थलमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य

Chaupati
safha napa

सरकारले माघ ७ गतेदेखि सार्वजनिक स्थलहरूमा हिँडडुल गर्दा कोरोनाविरूद्ध खोप लगाएको कार्ड अनिवार्य रूपमा देखाउनुपर्ने नियम लागू गर्ने भएको छ।

सिसीएमसीले पनि यो नियम कडाइका साथ कार्यान्वयनमा ल्याउन सरकारलाई सिफारिस गरेको थियो।गृह मन्त्रालयमा मंगलबार बसेको बैठकले माघ ७ देखि खोप कार्ड अनिवार्य बोक्नुपर्ने नियम कडाइका साथ लागू गरिने निर्णय गरेको छ।

साथै माघ १६ देखि २० गतेसम्म कोरोनाविरूद्ध खोप लगाउनका लागि विद्यालय खोल्न दिने तयारी छ।साथै जहाजमा यात्रा गर्नेहरूले पनि खोप कार्ड देखाउनुपर्ने भएको छ। अनलाइनमार्फत् जहाजको टिकट काट्दा पनि खोप कार्ड अनिवार्य रूपमा पेश गर्नुपर्ने भएको छ।

त्यस्तै बैठकले राष्ट्रिय परिचय पत्र र इ–पासपोर्ट बनाउन अत्यावश्यक काम परेकालाई बाहेक तत्कालका लागि स्थगन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको गृह मन्त्री बालकृष्ण खाणको सचिवालयले जनाएको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका अस्पतालमा पनि सर्वसाधारणलाई कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था मिलाउने बैठकको निर्णय छ।


५ माघ २०७८, बुधवार ०९:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु