punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कालोबजारी आरोपमा पक्राउ परेका अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश

Chaupati
safha napa

काठमाडौं,बैशाख १८ । थर्मलगन कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।

न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले उनलाई २५ लाख ५० हजार रूपैयाँ धरौटीमा छाड्न आदेश गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले कालोबजार तथा केही अन्य सार्वजनिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार अग्रवालविरुद्ध काठमाडौं जिल्ला अदालतमा १६ वैशाखमा मुद्दा दायर गरेको थियो।

उक्त ऐनको दफा २(क), ३(१) तथा ५ अनुसार सजायको माग दाबी गरिएको छ। सहन्यायाधिवक्ता रेग्मीले २१ लाख जरिवाना गर्न माग दाबी गरिएको बताए।

हिजो र आज अदालतमा भएको थुनछेक बहसपछि इजलासले उनलाई धरौटीमा छाड्न आदेश गरेको हो।२५ चैतमा महानगरीय अपराध महाशाखाको टोलीले अग्रवाललाई पक्राउ गरेको थियो।

अपराध महाशाखाको टोली आफैं ग्राहक बनेर उनीसँग ६७ वटा थर्मलगन दश लाख रूपैयाँमा खरिद गर्ने सहमति गरेर पक्राउ गरेको थियो।पाँच हजार पर्ने थर्मलगन १५ हजार रूपैयाँमा बिक्री गरेको उजुरीपछि प्रहरीले निगरानी थालेको थियो।


१८ वैशाख २०७७, बिहीवार १०:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु