punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मोटरसाइकल दुर्घटना हुँदा महिलाको मृत्यु

Chaupati
safha napa

कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। शनिबार साँझ धनगढी उपमहानगरपालिका– १६ पथरी स्थित गोकंनरी खोलामा भएको दुर्घटनामा वडा नम्बर १७ की ४० वर्षीया ऐतवारी रानाको मृत्यु भएको हो।

स्थानीय राजेश रानाले चलाएको सु.प.प्र ०१ ००९ प ५९७९ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उक्त मोटरसाइकल आफै अनियन्त्रित भएर पल्टिँदा मोटरसाइकलमा पछाडी सवार ऐतवारी पुलबाट खोलामा खसेकी प्रहरीले जनाएको छ।


२ माघ २०७८, आइतवार १५:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु