punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाढीले बगाएको पहुँच मार्गको नयाँ डिजाइन बन्दै

Chaupati
safha napa

महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माणको काम अन्तिम चरणमा छ । पुलका ३२ स्ल्याबमध्ये अब १ स्ल्याब मात्रै ढलान गर्न बाँकी छ ।यो पनि माघ दोस्रो साताभित्र सक्ने निर्माण कम्पनीको लक्ष्य छ । त्यसपछि पुरेका रेलिङदेखि रंगरोगनलगायतका काम हुनेछ ।

पुल निर्माण सकिनै लागे पनि कात्तिक पहिलो साताको बाढीले भत्काएको पहुँच मार्ग निर्माणको काम अझै सुरु भएको छैन । पुलको दुवैतर्फ निर्माण हुने पोखरीको गाइडबन्डको डिजायन परिवर्तन हुने भएकाले त्यसकै पर्खाइमा निर्माण कम्पनी छ । गाइड बन्डसँंगै बाढीले भत्काएको पहुँच मार्गको काम संँग संँगै गर्ने तयारी रहेको निर्माण कम्पनीले जनाएको छ ।

पुलको दुवैतर्फ २६र२६ सय मिटर लम्बाइ र ६ सय मिटर चौडाइका पोखरीहरू निर्माण गरिनेछन् । यसअघि उक्त पोखरीको गाइड बन्ड (बाँध) २५० किलोग्रामभन्दा ठुलो ढुंगाको बनाउने भन्ने थियो । उक्त आकारको ढुंगा उपलब्ध नभएपछि डिजायन परिवर्तन गरिन लागेको हो ।

‘अब डिजाइन परिवर्तन भएर आएपछि मात्रै भत्केको पहुँच मार्ग र गाइड बन्डको काम सुरु हुन्छ,‘ पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफईसी जेभीका इन्जिनियर किशोर पाण्डेयले भने, ‘हामीहरू डिजायनकै पर्खाईमा छौं, परिवर्तित डिजायन आउनेबितिक्कै काम सुरु गरिन्छ ।’

अहिले पहुँच मार्ग निर्माणको काम पनि अन्तिम रचणमा छ । महाकालीको बाढीले भत्काएको बाहेकको ठाउँमा पहुँच मार्ग निर्माण भइसकेको छ । यसैगरी पुल पारि दोधारा चाँदनीतर्फ पनि पहुँच मार्ग निर्माणको काम बाँकी छ । भीमदत्त नगरपालिकातर्फ पुलसम्मै सडक निर्माण सकिएपछि दोधारा चाँदनीतर्फको काम गरिने पाण्डेयले बताए ।

पुल आयोजनाको कार्यालयले पेस गरेको नयाँ डिजायन अनुसार अब गाइड बन्डमा ठूलो ढुंगाको साटो ढुंगा र कंक्रिट (प्लम कंक्रिट) को प्रयोग गरिनेछ । यसमा एक सतह ढुंगा र अर्को सतह कंक्रिटको ढलान गरिनेछ । जोडमा पनि कंक्रिटकै ढलान गरिनेछ । नदीतर्फको भागमा ग्याबिन

जाली नै प्रयोग गरिनेछ । ‘नयाँ डिजायन विभागमा पेस भइसकेको छ,’ महाकाली पुल आयोजनाकी इन्जिनियर सविना रानाभाटले भनिन्, ‘यो महिनाभित्रै नयाँ डिजायन स्वीकृत भएर आएपछि माघ पहिलो सातादेखि काम सुरु हुनेछ ।’ उनका अनुसार यसअघि विभिन्न डिजायनहरूमा छलफलपछि नयाँ डिजायन पेस भएको हो ।

सडक विभागबाट स्वीकृत हुने चरणमा रहेको उनले बताइन् ।

डिजायन परिवर्तनसंगै लागत समेत बढ्ने देखिन्छ । पुल अयोजनाले १५ प्रतिशतसम्म लागत बढ्न सक्ने जनाएको छ । ४ वर्षअघि ३ अर्व २७ करोडमा ३ वर्षभित्र काम सक्ने गरी कुमार श्रेष्ठ सिफइसी जेभीसंँग सम्झौता भएको थियो । कोरोना संक्रमणसंँगै निर्माण सामग्रीको अभावका कारण निर्माण कम्पनीले समयमै काम गर्न नसकिएको जनाएको छ ।

पछिल्लो कात्तिक पहिलो साताको बाढीले पहुँच मार्ग भत्काएपछि गाइड बन्डको डिजायन परिवर्तनको आवाज उठेको हो । मंसिरमा निर्माण कम्पनीले आस्थायी रूपमै भए पनि पुहँच मार्गबाट दोधारा चाँदनीलाई सडक सञ्चालमा जोडेको थियो ।

पुल निर्माण नसकिँदै उक्त क्षेत्रबाट चार पांग्रे सवारी साधन आवागमन गरिरहेका थिए । असार पहिलो सातादेखि बाढीले पहुँच मार्ग भत्काउन थालेपछि दोधारा चाँदनी क्षेत्र पुनः सडक सम्पर्क विच्छेद भएको हो ।

नयाँ डिजायन स्वीकृत भएर आएपछि यो वर्षभित्रै भीमदत्त नगरपालिकातर्फको गाइडबन्ड निर्माणसंँगै पहुँच मार्गको काम सक्ने लक्ष्य रहेको निर्माण कम्पनीका इन्जिनियर पाण्डेयले बताए । उनका अनुसार गाइड बन्ड निर्माण गर्न सके मात्रै पहुँच मार्ग जोगिने छ ।कान्तिपुरबाट


२ माघ २०७८, आइतवार १५:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु