डोटीमा एक पुरुष मृत फेला

डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको आदर्श गाउँपालिका ६ गिरीचौका कफल्ला बस्ने ४९ वर्षीय दली अधिकारी मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।

उनी आफ्नै घरमा शनिबार राति मृत अवस्थामा फेला परेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


२ माघ २०७८, आइतवार १३:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु