punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज २४ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस

Chaupati
safha napa

आज २४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस हो । देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ भन्ने नाराका साथ भर्चुअल माध्यमबाट भूकम्प दिवस मनाउन लागिएको हो । भूकम्पले नभइ कमजोर संरचनाले मानवीयलगायतको क्षति गर्छ भन्ने चेतना जगाउँदै २०५५ सालदेखि माघ २ गतेलाई भूकम्प दिवसका रुपमा मनाउन सुरु गरिएको हो ।

दिवसका अवसरमा भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले आज ललितपुरको पाटन दरबार क्षेत्रमा विशेष कार्यक्रम गर्दैछ । कार्यक्रममा निश्चित व्यक्तिको मात्रै भौतिक उपस्थित रहने र अरु सबैलाई भर्चुअल माध्यमबाट सहभागी हुन आह्वान गरिएको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पदमकुमार मैनालीले जानकारी दिए ।

उनका अनुसार कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँड र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पनि भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम छ ।


२ माघ २०७८, आइतवार १३:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु